चिनियाँ अर्थतन्त्रमा क्रमिक सुधार
बेइजिङ । चिनियाँ अर्थतन्त्रमा क्रमिक सुधार आउने क्रम जारी छ । मे महिनामा औद्योगिक उत्पादनको स्थिर वृद्धि र उपभोक्ता खर्च वृद्धि भएको राष्ट्रिय तथ्यांक ब्युरोको तथ्याङ्कले देखाएको छ ।
मे महिनामा, मूल्य अभिवृद्धि औद्योगिक उत्पादन, एक महत्वपूर्ण आर्थिक सूचक, वर्षमा पाँच दशमलव छ प्रतिशतले बढेको छ । उपकरण र उच्च प्रविधि उत्पादन क्षेत्रहरूले गत महिना बलियो वृद्धि देखए, तिनीहरूको उत्पादन क्रमशः वार्षिक साढे सात प्रतिशत र १० प्रतिशत बढी देखिएको छ ।
मार्चमा घोषणा गरिएको औद्योगिक उपकरण स्तर वृद्धिका उपायहरु क्रमशः लागू हुनेछन्, जसले औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्ने ब्युरोका प्रवक्ता लिउ एहुआले जानकारी दिएका छन् ।
तथ्याङ्कहरुले चिनियाँ अर्थतन्त्रको स्वस्थ्य रिकभरी भएको देखाउँछ । चीनको रेन्मिन विश्वविद्यालयको चोङ्याङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वरिष्ठ फेलो लिउ झिकिनले चीनको आर्थिक विकास नयाँ रिकभरीको लागि सही बाटोमा रहेको बताए ।
चीनमा मे महिनामा उपभोग्य वस्तुको कुल खुद्रा बिक्री तीन दशमलव सात प्रतिशतले बढेर तीन दशमलव ९२ ट्रिलियन युआन (पाँच सय ३७ बिलियन अमेरिकी डलर) पुगेको तथ्यांकले देखाएको छ ।
सोही महिनामा सामानको खुद्रा बिक्री गतवर्षको तुलनामा तीन दशमलव छ प्रतिशतले बढेर तीन दशमलव ४९ ट्रिलियन युआनभन्दा बढी पुगेको छ भने खानपानको राजस्व चार सय २७ दशमलव चार बिलियन युआन पुगेको छ जुन वर्षको तुलनामा पाँच प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया