काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १८ दशमलव ७६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव २७ अंकले उकालो लागेर दुई हजार ७८ दशमलव ७६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले उकालो लागेर तीन सय ६७ दशमलव ७५ अंकमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटक सेयर किनबेच भएको छ । जसबाट ७२ लाख नौं हजार सात सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार छ सय ३२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार सहितका सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त र अन्य सहितका छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- साधना लघुवित्तको नाफा छ करोड १२ लाख
- भारतीय सेयरबजारमा फेरि नयाँ रेकर्ड
- कच्चा तेलको भाउ दुई महिनायताकै उच्च
- बैतेश्वरमा ९९ प्रतिशत योजना सम्पन्न
- विशेष आर्थिक क्षेत्रमा आकर्षित हुँदै उद्योग
- एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारीको सञ्चालन हुन नपाउने
- अख्तियारकी आयुक्तबाटै सार्वजनिक जग्गा कब्जा !
- जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया