बैंकहरूसँग दुई खर्बभन्दा बढी निष्क्रिय कर्जा !
काठमाडौं । बैंकिङ क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदै गएपछि ऋण तिर्न नसक्नेहरू बढ्दै गएका छन् । बैंकहरूले ठूलो परिमाणमा कर्जाको सावाँब्याज असुली गर्न सकिरहेका छैनन् ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा औसत तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा छ । जुन दुई खर्ब तीन अर्ब २३ करोड १० लाख रुपैयाँ हुन्छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा ५१ खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् ४० अर्ब ४० करोड ८७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा औसतमा तीन दशमलव ३४ प्रतिशतका दरले एक खर्ब ६२ अर्ब ८२ करोड २३ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो ।
गत वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा तीन दशमलव ८९ प्रतिशतका दरले एक खर्ब ७५ अर्ब ४८ करोड रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ६६ प्रतिशत अर्थात् ३५ अर्ब ९३ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको वैशाख महिनाको अन्तिमसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब २० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव २३ प्रतिशतका दरले एक खर्ब ३९ अर्ब ५४ करोड ३० लाख रुपैयाँबराबर निष्क्रिय कर्जा थियो । विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा चार खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ७३ प्रतिशतका दरले १८ अर्ब दुई करोड ४१ लाख रुपैैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव २३ प्रतिशत अर्थात् दुई खर्ब ३१ करोड ३२ लाख रुपैयाँले बढी हो । एक वर्षअघि वैशाख मसान्तमा विकास बैंकहरूले चार खर्ब ६२ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा तीन दशमलव ४० प्रतिशतका दरले १५ अर्ब ७१ करोड १२ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा ९८ अर्ब ६५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्रतिशतका दरले १० अर्ब ३५ करोड ८९ लाख रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २१ प्रतिशत अर्थात् दुई अर्ब ७७ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा आठ दशमलव १९ प्रतिशतका दरले सात अर्ब ५८ करोड ४५ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया