बन्दीपुर केबलकारको उद्धार अभ्यास
काठमाडौं । तनहुँमा रहेको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरेको छ ।
सो उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी उद्योगी प्लास्टिक इन्टरनेसनल प्रालि साथै तनहुँस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दलसहित ८७ जनाको सहभागिता रहेको थियो । भविष्यमा घट्न सक्ने कुनै पनि कठिनभन्दा कठिन घटना वा आपतकालीन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले यस प्रकारको अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको कम्पनीले जनाएको छ ।
बन्दीपुर केबलकारले आकस्मिक उद्धारको लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षासम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ । पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टीयुभी समेत प्राप्त गरिसकेको छ । गत जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधवारका दिन केबलकार सेवा बन्द गरिएको कम्पनीका कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताए । बिहीबार अन्तिम अभ्यास गरेर नियमित केबलकार सेवा सञ्चालन हुने उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया