Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र


काठमाडौं । पञ्चकन्या स्टल प्रालिको उत्पादन ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड)हरूले प्रतिष्ठित ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई–सोराभजी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदन्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रमाणपत्र ग्रहणपश्चात् पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्दछ । ग्रिनप्रो इकोेलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्क (जेन)द्वारा जेनिसेश–जेन्सको अन्तर्देशीयरूपमा समन्वित इकोलेबललिङ प्रणालीमार्फत मान्यता प्राप्त छ ।

कम्पनीका अनुसार ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टिल रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउँछन् । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याती प्राप्त हुन्छ, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्ने र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ । संरचनात्मक डिजाइनरहरूको लागि यी उच्च गुणस्तरका फिलामे डन्डीहरूले राम्रो डिजाइन, टिकाउपना, निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउँछ । पाँच दशकभन्दा बढीको अनुभवसहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको जनाएको छ । साथै, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै कम्पनीले बजारको सुनिश्चित गर्ने गरेको छ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिँदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहने समेत जनाएको छ ।

कम्पनीको पञ्चकन्या स्टिलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टिलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्ने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x