एनएमबी बैंकका ग्राहकलाई कतार एयरको टिकटमा छुट
काठमाडौं । एनएमबी बैंकका ग्राहकहरूले कतार एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । सोअनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने छन् ।
छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधा समेत पाउनेछन् । एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एक वटा शाखा, एक सय ८८ एटीएम काउन्टर र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया