विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका पाठक निर्वाचित
काठमाडौं । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्वभरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका छन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट छ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनहरूको छाता संगठनका रूपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैँमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया