डलरको तुलनामा भारतीय रुपैयाँ इतिहासकै कमजोर
नयाँदिल्ली । भारतीय रुपैयाँ (भारु) डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । बिहीबार भारु प्रतिडलर ८३ दशमलव ६२ मा कारोबार भएको छ । जुन हालसम्मकै कमजोर मूल्य हो । बुधबार भारु ८३ दशमलव ४५५ विन्दुमा कारोबार भएको थियो ।
विश्लेषकहरुले भू–राजनीतिक सङ्कटका बीचमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको बताएका छन् । यसले भारतीय रुपैयाँमाथि दबाब बढिरहेको छ । डलरको बढ्दो माग, कच्चा तेलको वृद्धिजस्ता काकरकहरुले डलरलाई बलियो बनाउँदै र रुपैयाँलाई कमजोर बनाउँदै लगेको छ ।
भारतीय केन्द्रीय बैंकले भारुको गिरावट रोक्नका लागि सरकारी स्वामित्वका बैंकमार्फत विनिमय बजारमा हस्तक्षेप गर्दै आएको थियो । भारतको विदेशी मुद्रा सञ्चिति रेकर्ड उच्च विन्दुमा रहेका कारण केन्द्रीय बैंकले भारुको थप गिरावट रोक्न आगामी दिनमा हस्तक्षेप गर्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया