सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप १४ र १५ असारमा
चितवन । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप १४ र १५ असारमा हुने भएको छ ।
टोखा नगरपालिका ३ मा रहेको स्केटर्स नेपाल स्केट पार्कमा सञ्चालन हुने संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगितामा तीन सय पुरुष र एक सय ५० जना महिलाको सहभागिता रहने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए । यस प्रतियोगितामा स्केटबोर्ड खेलअन्तर्गत स्ट्रिट फ्रि स्टाइलमा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने अध्यक्ष खनालले बताए ।
स्केटबोर्डमा स्ट्रिट र पार्क दुई विधामा खेल हुने भए पनि नेपालमा स्ट्रिट विधामा मात्र खेल हुँदै आएको छ । टाइम र ट्रिकको आधारमा यो खेल हुने अध्यक्ष खनालले जानकारी दिए । अध्यक्ष खनालका अनुसार प्रतियोगितामा सहभागिताका लागि जिल्ला छनोट गराएको र प्रदेश संघमार्फत खेलाडीहरूले नाम दर्ता गराउन पाउनेछन् ।
प्रतियोगिताको पुरुष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रोले १० नगद हजार पुरस्कार पाउनेछन् ।
यस्तै, प्रतियोगितामा विजेता हुने महिला र पुरुष खेलाडीलाई आगामी सेप्टेम्बरमा इटलीमा आयोजना हुने वर्ल्ड स्केट च्याम्पियनसिपमा सहभागी गराउने संघका सचिव दिनेश बजगाईंले जानकारी दिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- तनहुँमा पहिरामा परी तीन बेपत्ता
- स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु
- प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै सुरक्षा निकाय
- सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह
- नारायणीको बाढी बस्तीमा पस्यो
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया