Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण


काठमाडौं । हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ११, थापाथलीबाट असार २ गतेदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ । प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ । हाल बैंकले नेपालभरि फैलिएका एक सय ७४ वटा शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटीएम, छ हजार पाँच सयभन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x