Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको निःशुल्क स्वास्थ्य जाँच

समृद्धि फाइनान्सको निःशुल्क स्वास्थ्य जाँच


काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा शाखा कार्यालयद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । शनिबार पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एन्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा दुई सय ६४ जनाले निःशुल्क सेवा लिएको फाइनान्सले जानकारी दिएको छ ।

फाइनान्सका अनुसार निःशुल्क स्वास्थ्य जाँचमा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरूमा स्वास्थ्य सहरी केन्द्रका पोखरा महानगरपालिका वडा ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एन्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए । डा अनुप बराल र डा प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग‘ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x