Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साबिक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ । नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा सो सम्झौता भएको हो । सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका थिए । चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालि दुईतारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेस्टुरेन्ट, तीनवटा सेमिनार हलहरू रहेका छन् ।

होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँचतारेस्तरको सुविधा प्रदान गर्ने गरी होटललाई स्तरोन्नति गरिहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जिम क्लब, कन्टिनेन्टल रेस्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पुँजीको आवश्यकता रहेकोले थप संस्थापक सेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई सेयर जारी गरी पुँजीको व्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिए ।

होटलको हालको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक स्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई सेयर निष्काशनलगायत कार्यमा नेक्सजेन म्यानेजमेन्टले परामर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x