Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिजी क्षेत्रमा वित्तीय क्षेत्रको ६० खर्ब लगानी

निजी क्षेत्रमा वित्तीय क्षेत्रको ६० खर्ब लगानी


वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा करिब ६० खर्ब रुपैयाँ ऋण लगानी भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र बसर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणसम्बन्धी प्रतिवेदनअनुसार वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५७ खर्ब ७८ अर्ब ९७ करोड रहेकोमा पुस मसान्तमा तीन दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रसँगै गैरबैंकिङ क्षेत्रबाट हुने लगानी पनि सुस्त रहेको सङ्केत गरेको छ ।

प्रतिवेदनअनुसार वित्तीय क्षेत्रको आन्तरिक दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ६८ खर्ब ७४ अर्ब ४३ करोड रुपैयाँ र २०८० पुस मसान्तमा एक दशमलव पँच प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब नौ करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेकोमा चार दशमलव छ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा नौ खर्ब ७७ अर्ब ५४ करोड र २०८० पुस मसान्तमा आठ दशमलव तीन प्रतिशतले घट्न गई नौ खर्ब ४० अर्ब ३४ करोड रहेको छ ।

वित्तीय क्षेत्रको सार्वजनिक गैरवित्तीय संस्थानमाथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तमा १६ दशमलव ४ प्रतिशतले घट्न गई ३० अर्ब ७४ करोड रुपैयाँ र २०८० पुस मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड पुगेको छ ।तरल दायित्व पनि बढ्दैवित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रहेकोमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५५ खर्ब ९८ अर्ब ९१ करोड पुगेको छ भने २०८० पुस मसान्तमा सात दशमलव एक प्रतिशतले वृद्धि भई ५७ खर्ब ४९ अर्ब ३६ करोड रहेको छ । वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असार मसान्तमा पाँच खर्ब १२ अर्ब ५१ करोड रहेकोमा २०८० असोज मसान्तमा साढे सात प्रतिशतले वृद्धि भई पाँच खर्ब ५१ अर्ब आठ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा तीन दशमलव छ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ छ ।

वित्तीय क्षेत्रको माग निक्षेप दायित्व २०८० असार मसान्तमा चार खर्ब ११ अर्ब तीन करोड रहेकोमा १२ दशमलव एक प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा तीन खर्ब ६१ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा सात प्रतिशतले घट्न गई तीन खर्ब ८२ अर्ब ३० करोड रहेको छ ।वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व २०८० असार मसान्तमा ४४ खर्ब ४४ अर्ब ८१ करोड रहेकोमा पाँच दशमलव चार प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ४६ खर्ब ८६ अर्ब ७१ करोड पुगेको छ भने २०८० पुस मसान्तमा आठ दशमलव आठ प्रतिशतले वृद्धि भई ४८ खर्ब ३६ अर्ब सात करोड रुपैयाँ छ ।

बढ्यो वैदेशिक सम्पत्ति
वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब छ करोड रुपैयाँ रहेकोमा छ दशमलव छ प्रतिशतले बढेर २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ भने २०८० पुस मसान्तमा साढे १९ प्रतिशतले बढेर १७ खर्ब ३८ अर्ब ८४ करोड पुगेको छ ।अन्य वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी घट्यो अन्य वित्तीय संस्थाबाट निजी क्षेत्रमा भएको लगानी घटेको छ । अन्य वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा आठ खर्ब ७५ अर्ब ६२ करोड रहेकोमा पाँच प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा आठ खर्ब ३१ अर्ब ७३ करोड रहेको छ भने २०८० पुस मसान्तमा चार प्रतिशतले घट्न गई आठ खर्ब ४० अर्ब ३७ रहेको छ । अन्य वित्तीय संस्थाको आन्तरिक दाबी २०८० असार मसान्तमा १८ खर्ब ९९ अर्ब १३ करोड रहेकोमा चार दशमलव छ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा १८ खर्ब ११ अर्ब ८५ करोड रहेको छ भने २०८० पुस मसान्तमा शून्य दशमलव छ प्रतिशतले घट्न गई १८ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ छ ।

अन्य वित्तीय संस्थाको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १३ अर्ब दुई करोड रुपैयाँ रहेकोमा २२ दशमलव एक प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा १० अर्ब १४ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा तीन दशमलव दुई प्रतिशतले वृद्धि भई १३ अर्ब ४३ पुगेको छ ।अन्य वित्तीय संस्थाको सार्वजनिक गैरवित्तीय संस्थानमाथिको दाबी २०८० असार मसान्तमा ३३ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २३ दशमलव चार प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा २५ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा शून्य दशमलव एक प्रतिशतले वृद्धि भई ३३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।अन्य वित्तीय संस्थाको केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्था माथिको दाबी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानीलगायतका दाबीसमेत) २०८० असार मसान्तमा नौ खर्ब ७७ अर्ब ३८ करोड रहेकोमा तीन दशमलव चार प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा नौ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा दुई दशमलव तीन प्रतिशतले वृद्धि भई नौ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x