तीन दिने ‘म्याङ्गो फेस्ट’ मा ३२ हजार किलो आँप बिक्री
काठमाडौं । नेपालमा पहिलो पटक भएको तीन दिने आँप मेलामा ३२ हजार किलोभन्दा बढी आँप बिक्री भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।
मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए । मेलामा आँपको अचार बनाउने, प्रशोधन गर्ने प्रविधि पनि राखिएका थिए । प्रख्यात शेफ सन्तोष शाह पनि अन्तिम दिन द गार्डेन झम्सिखेलमा नेपाल म्याङ्गो फेस्ट हेर्न आउनुभएको थियो साथै विभिन्न सेफहरूले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुख्खा आँप क्रसजस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरू प्रदर्शन गरी आफ्नो पाककौशल प्रस्तुत गरेका थिए ।
नेपालमै विभिन्न प्रजातिका आँप पाइने भए पनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पुर्याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । ’ आयोजक किसान भेन्चरका सीईओ राजेश कार्कीले आगामी वर्ष योभन्दा उत्कृष्ट मेलाको आयोजना गर्ने बताए । जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै सहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रमहरू आयोजना हुने उनको भनाइ छ । आगामी वर्ष एक सय टन आँप मेलामा बिक्री गर्ने लक्ष्य राखिएको जानकारी उनले दिए ।
आँप मेलाको सफलतासँगै सीईओ कार्कीले यसै वर्ष स्याउ, सुन्तला, जुनार र टिमुरको मेला पनि आयोजना गर्ने घोषणा गरे । धेरै स्थानीय किसानलाई प्रोत्साहन गरी नेपाली उत्पादनको बजार विस्तारका लागि यस्ता मेलाहरू जरुरी भएको बताउँदै उनले त्यसैले अन्य मेलाको पनि तयारी गरेको बताए । उनले भने, ‘नेपालले कृषि, खाद्य, नवप्रवर्तन र प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ, यसैमा धेरै सम्भावना छन् ।’ कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्न सरकारसँग सहयोगका लागि पनि उनले आह्वान गरे । कृषि, खाद्य, आविष्कार र प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्न विदेशी लगानी भित्र्याउने र निर्यात बढाउने योजनामा सरकारले साथ दिने अपेक्षा व्यक्त उनले गरे ।
किसान भेन्चरले विदेशी लगानी भित्र्याएर यी क्षेत्रमा लगानी गर्ने तथा नेपाली उत्पादनहरू विभिन्न देशमा निर्यात पनि गर्ने योजना बनाइरहेको छ । आँप मेलाको पहिलो दिन वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन भएको थियो । वालनट बिस्ट्रो, काठमाडौं अर्गानिक्स बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन्स झम्सिखेलमा बिक्री स्टलहरू राखिएका थिए ।
मेलामा माल्दा, देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरू प्रदर्शनमा राखिएका थिए । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवं बिक्री वितरण गरिएका थिए ।
मेला अवधिभर विभिन्न प्यानल डिस्कसन कार्यक्रम पनि भएका थिए । उक्त अन्तर्क्रिया कार्यक्रममा किसानहरूले सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए भने बजार व्यवस्थापकले बजारका समस्या र विज्ञले बजार कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थिए । किसान पवन घिमिरे बागवानीविद् गोपालप्रसाद श्रेष्ठ, किसान भेन्चरका राजेश कार्की, स्मार्ट कृषिका अनिल रेग्मीलगायतले आफ्नो धारणा राखेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया