चोरी तथा लुटपाट गरी फरार रहेका चारजना प्रहरीद्वारा सार्वजनिक
काडमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा असार ४ गते सिबिआई हुँ भन्दै अपरिचित तीन जना व्यक्तिहरू प्रवेश गरी घरधनीलाई नियन्त्रणमा लिई दराजभित्र रहेको दुई करोड रुपियाँ लुटपाट गरी फरार रहेको पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।
सिन्धुपाल्चोक बाह्रबिसे २- ३० वर्षका सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी २- ३१ वर्षका भीमबहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ ३- ३६ वर्षका मुनाराज राई र सिन्धुपाल्चोक भोटेकोशी २ कै ३८ वर्षका कृष्णबहादुर बोहरा पक्राउ परेको प्रहरीले बताएको छ ।
मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान दुई, डाँका चोरी तथा लुटपाट गर्न लगाएको कपडाहरू, घटनामा प्रयोग भएको २२० सिसिको पल्सर मोटरसाइकल दुई थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता तीन जोर, खुकुरी एक थान प्रहरीले निजहरूबाट बरामद भएको बताएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
- भारतीय नागरिक बसेको फ्ल्याटमा छापा हान्दा सुन गाल्ने सामाग्री सहित पाँच जना पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे एमालेद्वारा संसद् सचिवालयलाई जानकारी
- नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’
- रुस भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी
- शुक्रबारदेखि चिनियाँ विद्युतीय गाडीमा कर बढाउँदै ईयू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया