Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीभीपीआर २०२० मा ओपोलाई दुई शीर्षकमा पहिलो स्थान

सीभीपीआर २०२० मा ओपोलाई दुई शीर्षकमा पहिलो स्थान


काठमाडौं,असार ५
ओपोले कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२० मा दुई शिर्षकमा पहिलो स्थान हासित गरेको छ । ओपोले भर्चुअल्ली आयोजित सीभीपीआरमा सहभागिता जनाएको थियो । सीभीपीआर २०२० मा ओपोले विशेष गरी एआई स्पेश क्षेत्र अन्तर्गत, उद्योगकै अग्रणी प्राविधिक क्षमता तथा नवप्रबर्तनात्मक सफलताहरु प्रदर्शित गरेको थियो ।

साथै, कम्पनीले रिसर्च ईन्स्टिच्यूट मार्फत अत्याधुनिक एआई प्रविधिको अन्वेषण गर्ने लक्ष्यका साथ ईन्टेलिजेन्ट पर्सेप्सन एण्ड ईन्टरएक्सनको नयाँ विभाग सुरुवातको घोषणा पनि गरेको छ । सीभीपीआर २०२० मा तीन भिन्न स्पर्धामा सहभागिता जनाउँदै २ ओटा प्रथम र २ ओट दोस्रो स्थान हात पारी ओपोले आफ्नो सफलता प्रदर्शित गरेको हो । स्पर्धामा उपाधी हात पार्न सफल प्रविधिहरुमा धमिलो तस्विरलाई प्राकृतिक रुपमा १६ गुणा सम्म स्पस्ट पार्ने पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूसन प्रविधि, तस्विरको बिश्लेषण तथा भिडियोमा मानव क्रियाकलापको पहिचान गरी तस्विर कहाँ खिचिएको हो भन्ने जानकारी लिन सक्ने भिज्यूअल लोकलाइजेसन रहेका छन् ।
ओपो रिचर्स एण्ड डेभलपमेन्ट समूहका सदस्यहरुले किनोट प्रस्तुति दिनुका साथै सम्मेलनका विभिन्न सत्रहरुमा सहभागिता जनाउँदै विश्वभरका हजारौँ अग्रणी अन्वेषकहरु माझ कम्प्युटर भिजन टेक्नोलोजिज्प्रति आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सीभीपीआर आईईईई (द ईन्स्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियर्स) द्वारा बार्षिक रुपमा आयोजना हुने एक प्रमुख कम्प्यूटर भिजन ईभेन्ट हो । यसले कम्प्यूटर भिजन तथा प्याटर्न रिकग्निसन, मेसिन लर्निङ र एआई लगायतका हरेक पाटो समेत्दै विद्यार्थी, शिक्षाबिद् तथा औद्योगिक अन्वेषकहरुलाई अदृतिय सघाव पु¥याउने पहल गर्छ ।

‘यस बर्षको सीभीपीआर च्यालेन्जमा हाम्रा तीन प्रमुख अनुसन्धान दिशा ः वातावरणिय दृष्टिकोण, मानव केन्द्रित कम्प्यूटिङ र ईमेज÷भिडियो जेनरेसन अन्तर्गत ओपोका लागि उल्लेखनिय नतिजा हात पार्न सफल हुँदा हामी निकै प्रशन्न छौँ ।’ ओपोका लागि ईन्टेलिजेन्ट पर्सेप्सनका चिफ साईन्टिस्ट, एरिक गुओले भने, ‘ओपो रिसर्च ईन्स्टिच्यूट अन्तर्गत ईन्टेलिजेन्ट पर्सेप्सन एण्ड ईन्टरएक्सन रिचर्स डिपार्टमेन्छको स्थापना पछि हाम्रो आरएण्डडी नतिजाको यो नै पहिलो सार्वजनिक प्रदर्शनी हो । यसले हाम्रो एआई क्षमताको सटिक प्रमाण दिन सफल भएको छ ।’ ‘माउस र ग्राफिक यूजर ईन्टरफेसको आविष्कारले पर्सनल कम्प्यूटररको सफलतामा ठूलो योगदान रहेको हामी सबैलाई थाहा छ ।

त्यसैगरी, टच स्क्रिनले स्मार्टफोनको उल्लेखनिय सफलतामा ठूलो योगदान पु¥याएको छ । ह्यूमन(कम्प्यूटर ईन्टरएक्सन मोड र इन्टेलिजेन्ट पर्सेप्सन प्रविधिको हरेक विकास संगै यिनले नयाँ प्राविधिक ट्रेण्ड तिर अग्रसर बनाउँछ । ओपोमा हामी स्मार्ट उपकरणलाई अझ बुद्धिमानी बनाउँदै प्रयोगकर्तालाई अझ सटिकरुपमा बुझ्न सक्ने बनाउनका लागि प्रतिबद्ध छौँ । यसले हामीलाई ह्यूमन–कम्प्यूटर अन्तरक्रिया गर्ने तरिकाका लागि नयाँ तरिकाको विकास गर्दै प्राविधिक विकासको नयाँ लहर ल्याउन सघाउने हाम्रो विश्वास छ’, एरिक गुओले थपे ।

सीभीपीआर २०२०मा ओपो यूएस रिसर्च सेन्टरले पनि सहभागिता जनाउँदै रियल–वल्र्ड सुपर–रिजोल्यूसन च्यालेन्ज, ट्रयाक १ ः ईमेज प्रोसेसिङ आर्टिफ्याक्ट्स अन्तर्गत छैठौँ स्थान हात पार्न सफल भएको छ । ओपो यूएस रिसर्च सेन्टरको स्पेशटाइम ल्याबका ब्यवस्थापक मिंग जिबोले ‘लुकिङ ईन्टू द डार्कः फ्रम ईमेज टू भिडियो’ शिर्षक दिइएको एआई एसिस्टेड लो लाइट फोटोग्राफी सम्बन्धि संस्थाकै अग्रणी अनुसन्धान माथी ‘कि–नोट’ प्रस्तुति दिएका थिए । त्यसैगरी, कम्प्यूटर भिजन एण्ड एआईका वरिष्ठ निर्देशक शुस्वे छ्वेन्ले लोकलाइजेसन एण्ड म्यापिङ अन्तर्गत ‘ब्यूल्डिङ अ यूनिफाइड स्ल्याम सिस्टम रनिङ अन बोथ स्मार्टफोन एण्ड एआर ग्लास फ्रम स्क्र्याच’ शिर्षकमा धारणा प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x