काठमाडौँ, आगामी आर्थिक वर्ष २०८१/८२को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको हो ।बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । बहुमत सदस्यले सहमति जनाएपछि रानाले विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१को दफावार छलफलमा केही सांसदहरुले खर्च कटौतीका प्रस्ताव राखेका थिए । ३१ जना संसद्ले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन प्रस्ताव बहुमतले स्वीकृत भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले पनि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । जेठ २९ गतेदेखि प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत, कार्यालय र निकायहरुको बजेटमाथि छलफल चलेको थियो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया