‘ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन् ।
विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे । यस्तै, उनले रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घको काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको बताए । प्रधानमन्त्री दाहालले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
यस्तै, उनले राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै प्रधानमन्त्रीले आगामी दिनमा यसलाई अझ व्यवस्थित गरिने बताए । मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । दाहालले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाबमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको पनि स्पष्ट पारे । राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको प्रधानमन्त्रीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया