यातायात व्यवस्था कार्यालय झापामा ८५ करोड बढी राजस्व
भद्रपुर । यातायात व्यवस्था कार्यालय झापाले चालू आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै छ करोड २४ लाख ४० हजार चार सय १७ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालू आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ ६९ करोड ७७ लाख ८९ हजार सात सय ७९, प्रशासनिक सेवा शुल्कबापत एक करोेड ७९ लाख ९३ हजार एक सय ८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १६ लाख ८८ हजार एक सय ६७ रुपैयाँ राजस्व असुली गरेको छ । चालू आवको ११ महिनाको अवधिमा नौ हजार पाँच सय ४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार एक सय १९ सवारी नवीकरण भएका लुइँटेलले बताए । सोही अवधिमा १२ हजार तीन सय २२ नयाँ चालक अनुमतिपत्र, १६ हजार पाँच सय ४८ को नामसारी हुँदा १० हजार दुई सय ६३ सवारी जाँचपास भएका उनले जानकारी दिए ।
चालू आवको ११ महिनामा छ हजार सात सय १४ मोटरसाइकल दर्ता हुँदा एक हजार छ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया