Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स सहयोग

नेको इन्स्योरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स सहयोग


काठमाडौं । देशको बीमा बजारमा विगत २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले हालै वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विगतका वर्षहरूदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरूमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले व्यवसायका साथसाथै समाज सेवाका लागि समय समयमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू पनि गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरणको लागि सहयोग, बन्दीपुर तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणका लागि सहयोग प्रदान गरेको थियो । यसै क्रममा कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा, कपिलवस्तुलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स सौजन्यस्वरूप प्रदान गरेको छ । आइतबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थी, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x