नेपालमा युपीआईको प्रयोग बढ्दै
काठमाडौं । नेपालमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) को प्रयोग बढ्दै गएको पाइएको छ । फोनपेले भारतीय यात्रुहरूद्वारा नेपालमा युपीआईको प्रयोग गर्ने गरेको जनाएको छ । नेपालमा २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि युपीआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार भएको फोनपेले जानकारी दिएको छ । ७७ वटै जिल्लामा एक लाखभन्दा बढी कारोबार भएका छन् । ‘यो वृद्धि त्यही समयमा भएको हो जब धेरै भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाइरहेका छन्’ कम्पनीले उल्लेख गरेको छ, ‘यस वर्ष उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ ।’
धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन् । युपीआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ । फोनपे नेटवर्कमार्फत युपीआई भुक्तानीको सजिलो, सुरक्षा र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो पनि बनाएको छ । यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि विगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको कम्पनीको भनाइ छ ।
बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्कसहित फोनपेले, नेपालमा युपीआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ । अहिले, नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपेमार्फत युपीआई भुक्तानी लिन सक्छ । फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपीआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया