Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयबजारमा फेरि नयाँ रेकर्ड

भारतीय सेयबजारमा फेरि नयाँ रेकर्ड


नयाँदिल्ली । भारतीय सेयरबजारले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ । भारतीय सेयरबजारका दुवै प्रमुख सूचककहरुले मंगलबार नयाँ अलटाइम हाई विन्दु बनाएका छन् ।

मंगलबार सेन्सेक्स सात सय १२ अंकले बढेर ७८ हजार ५३ विन्दुमा बन्द भएको छ । सेन्सेक्स इन्ट्रा डे कारोबारमा ७८ हजार एक सय ६४ विन्दुसम्म कायम भएको छ । अर्को परिसूचक निफ्टी ५० पनि एक सय ८३ अंकले बढेर २३ हजार सात सय २१ विन्दुमा कायम भएको छ ।

बैंकिङ र वित्तीय क्षेत्रका कम्पनीहरुको सेयरमूल्य छिटो बढेको छ । श्रीराम फाइनान्सको सेयरमूल्य तीन दशमलव ९५ प्रतिशत र एक्सिस बैंकको तीन दशमलव ६३ प्रतिशतले सेयरमूल्य बढेको छ । धातु, अटो र ऊर्जा क्षेत्रका कम्पनीहरुको सेयरमा भने चाप परेको थियो ।

भारतीय सेयरबजारमा मंगलबार ब्लुचिप कम्पनीहरुमा खरिद चाप र अन्य एसियाली बजारको प्रभाव परेपछि ऐतिहासिक उचाइमा पुगेको देखिन्छ । यस्तै यस वर्षको अन्त्यसम्म ब्याजदर कटौती हुने लगानीकर्ताको अपेक्षा रहेकाले पनि बजार सकारात्मक बन्न सघाउ पुगेको विश्लेषकहरुको तर्क छ ।

एसियाली बजार सकारात्मक
सबैजसो एसियाली मुलुकका सेयरबजार सकारात्मक देखिएका छन् । जापानको निक्की शून्य दशमलव ९५ प्रतिशत बढेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव ३५ प्रतिशत बढेको छ । हङकङको ह्याङ सेङ पनि शून्य दशमलव २५ प्रतिशतले बढेको छ । चीनको सेयरबजारमा भने गिरावट देखिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x