एनआईसी एसिया बैंक पिक्यापको सदस्य
काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिक्याप) को सदस्य भएको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स एउटा अवधारण हो, जसले विश्वव्यापीरूपमै वित्तीय संस्थाहरूलाई प्रतिबद्ध बनाउँछ ।
विशेषगरी हरित गृहबाट हुने ग्यास उत्सर्जनमा आधारित क्षेत्रमा वित्तीय संस्थाहरूबाट हुने कर्जा तथा लगानीको मूल्याङ्कन गर्ने र त्यससम्बन्धी जानकारी सार्वजनिक गर्न वित्तीय संस्थाहरूलाई प्रतिबद्ध बनाउँछ ।’जसरी विश्व नै वातावरणमैत्री अभ्यास अनुशरणमा अगाडि बढिरहेको छ, एनआईसी एसिया बैंक पनि वातावरणीय दिगोपनाको लागि कटिबद्ध छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने ।
पिक्यापको अवधारणा छ महादेशका चार सय ८० भन्दा धेरै वित्तीय संस्थाहरूले अनुशरण गरेका छन्। उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्यासिफिक क्षेत्रमा यसको विस्तार द्रूतस्तरमा भइरहेको छ । बैंकको तीन सय ६० शाखा, छ सय ७१ एटीएम, एक सय १८ विस्तारित काउन्टर र ५१ शाखारहित बैंकिङ इकाई छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया