अधिकांश विकास बैंकहरूमा एनएफआरएस ९ कार्यान्वयनमा
काठमाडौं । सबैजसो विकास बैंकहरूले एनएफआरएस–९ मा आबद्ध भएको डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल (डेवान)ले जानकारी दिएकोे छ । संघले विज्ञप्ति जारी गर्दै संघमा आबद्ध १६ विकास बैंकमध्ये अधिकांश विकास बैंकहरूले एनएफआरएस–९ कार्यान्वयनका लागि आवश्यक पर्ने एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोलुसन्स’ खरिद गर्ने कार्य सम्पन्न गरी आपूर्तिकर्तासँग सम्झौता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरिसकेको जानकारी दिएको हो । बाँकी सदस्य बैंकहरूले पनि २०८१ असारभित्रै उक्त प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक प्रक्रियाहरू अगाडि बढाइसकेको जानकारी संघले दिएको छ ।
एनएफआरएस–९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ । कर्जा चुक्ता नहुन सक्ने सम्भावना (प्रोब्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस् गिभन् डिफल्ट) र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट)लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ । आव २०८१÷८२ बाट एनएफआरएस–९ लागू हुने भएकाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले २०८१ जेष्ठ २ गते सोसम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ ।
एनएफआरएस–९ लागू गर्नका लागि डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले यसअघि ‘ई एन्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरूलाई दुई पटकसम्म तीन दिने तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।
‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरिद गर्नका लागि सम्भावित आपूर्तिकर्ताको पहिचान गर्नका लागि एसोसिएसनअन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म÷कम्पनीहरूबाट प्रस्तुतीकरण गराई अध्ययन गरिएको थियो । उक्त अध्ययनको निष्कर्ष सम्पूर्ण सदस्य बैंकहरूलाई सुझावस्वरूप पठाइएको थियो । ‘
एनएफआरएस–९’ लाई पूर्णतया कार्यान्वयन गरेपछि सम्भावित कर्जा नोक्सानीको गणना र उक्त सम्भावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरूलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया