एसईईको नतिजा स्पारो एसएमएसमार्फत हेर्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता सार्वजनिक गरेपछि स्पारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्पारो एसएमएसले बोर्डसँगको निरन्तर सहकार्यमा यस वर्ष पनि एसईईको नतिजा एसएमएसमार्फत जानकारी गराउने भएको हो ।
बोर्ड र स्पारो एसएमएसबीच भएको सहकार्यले २०८०÷८१ को एसईईको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा छिटो, भरपर्दो र सुविधाजनकरूपमा प्रदान गर्ने जनाइएको छ । एसएमएस आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानुपर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई स्पारो एसएमएसले सरल बनाएको छ । नतिजा हेर्नका लागि आफ्नो मोबाइल सन्देश बक्समा गएर एसईई टाइप गरी एक स्पेस छाडेर सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस पठाउनुपर्नेछ ।
स्पारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग नतिजा हेर्न सक्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया