साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ: सञ्चार मन्त्री
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८औँ स्थापना दिवसको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताएकि छिन् । उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन् ।
मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन् । नेपाली साहित्यिक पत्रकारिता भारतको बनारसदेखि उदाएको उल्लेख गर्दै उनले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताइन् ।
उनले सङ्घलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रुपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा साहित्यिक पत्रकारहरु- प्रा. डा. कृष्णप्रसाद घिमिरे, डा. तुलसी भट्टराई, निनु चापागाईँ, घनश्याम कँडेल, नरेन्द्रबहादुर श्रेष्ठ, डा. अमर गिरी, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, ईश्वरचन्द्र ज्ञवाली, हरिगोविन्द लुइँटेल, लोकबहादुर थापामगर, डा. विष्णुविभु घिमिरे, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठ सम्मानित भएका छन् ।
साहित्यिक पत्रकारिता जोगाउन राज्यको सहयोग महत्त्वपूर्ण हुने सङ्घका अध्यक्ष मोहन दुवालले बताए । उनले सङ्घलाई आर्थिक सहयोग वृद्धि गरेकामा मन्त्री शर्माप्रति आभार व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
- एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
- कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने
- यस्ता छन् ओली र देउवाबीच मध्यरातमा भएको समझदारी (बुदाँसहित )
- छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति
- साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
- मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया