Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्यमीसँग पूरै रकम नउठाउन कुलमानको नौटङ्की !

उद्यमीसँग पूरै रकम नउठाउन कुलमानको नौटङ्की !


विभिन्न ६१ वटा उद्योगले लिएको ‘डेडिकेटेड फिडर’ तथा ‘टं«क लाइन’बापतको २७ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै सेटिङका कारण नउठ्ने भएको छ । प्राधिकरणले ती उद्योगसँग २७ अर्ब ५८ करोडभन्दा बढी महसुल उठ्न बाँकी रहेको जनाउँदै आएको थियो तर उद्योगीहरूले टीओडी बिलको विवरण मागेर महसुल तिर्न आनाकानी गर्दै आएका थिए । उक्त विवाद समाधानको उपाय निकाल्न सरकारले गत पुसमा पूर्वन्यायाधीश गिरिश्चन्द्र लालको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनी मन्त्रिपरिषद्को गत वैशाख २७ गतेको बैठकले निर्णय गरेको थियो । उक्त निर्णयअनुसार कार्यकारी निर्देशक घिसिङलाई अप्ठ्यारो पर्ने भएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालले मन्त्रिपरिषद्को सक्कली निर्णय हटाएर ऊर्जा मन्त्रालयमा किर्ते निर्णय ‘रिप्लेस’ गराएका थिए ।

मन्त्रिपरिषद्को सक्कली निर्णय कार्यान्वयन गर्न तोक आदेश गरेका ऊर्जा सचिव सुशील तिवारीले पनि किर्ते निर्णय कार्यान्वयन गर्न तोक आदेश गरेका थिए । किर्ते निर्णयका यी दुई पात्रमध्ये मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् भने ऊर्जासचिव तिवारीले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङचाहिँ चोखै छन् । उनले २७ अर्बभन्दा बढी महसुल उठाउन बाँकी रहेको दाबी गर्दै आए पनि पछिल्लो समय व्यापारीहरूलाई छ अर्ब ६० करोड रुपैयाँ बक्यौता तिर्न पत्राचार गरेका छन् । व्यापारीहरूले सो रकम पनि नतिर्ने अडान लिइरहेका छन् । प्रचण्ड र कुलमानले दुनो सोभm्याएको आशंका गर्दै एमाले अध्यक्ष केपी ओलीले व्यापारीलाई महसुल नतिर्न उचाल्ने काम गरिरहेका छन् ।

डेडिकेटेड फिडर तथा टं«क लाइनबापतको बिजुली महसुल उठाउने सुरुदेखिको छानबिन र अहिलेसम्मको गतिविधि हेर्दा घिसिङले उद्योगीलाई पूरै महसुल मिनाहा गर्न नौटङ्की गरिरहेको प्रस्टै देखिन्छ । केही समयसम्म २७ अर्बभन्दा बढी महसुल उठ्नुपर्ने दाबी गर्ने घिसिङले छ अर्ब बुझाउन पत्राचार गर्नु र उद्योगीले आनाकानी गर्नुको पछाडि पूरै रकम मिनाहा गर्ने षड्यन्त्र रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x