कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन् ।
सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राख्दै जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए ।
सभामुख घिमिरेले ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए । सो अवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो ।
देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उल्लेख गर्दै कलेजका प्राचार्य डा. बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । सुरुमा सीमित विद्यार्थीद्वारा सञ्चालित कलेजमा हाल एक हजार पाँच सय विद्यार्थी पठनपाठन गरिरहेका अधिकारीले जानकारी दिए । कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ताजा अपडेट
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
- प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया