गरिमा क्यापिटलको सञ्चालक समितिमा फेरबदल
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति फेरबदल भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रूपमा नैना नेपाल ढकाल नियुक्त भएका छन् भने यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी सञ्जुप्रसाद जैसवाल सञ्चालकको रूपमा नियुक्त भएका छन् ।
सञ्चालक समितिमा दुई व्यक्ति थप भएपछि कम्पनीमा दिपक पाण्डेयको अध्यक्षतामा अनिल रेग्मी, सञ्जुप्रसाद जैसवाल, महेश प्रसाद काफ्ले र नैना नेपाल ढकालको सहितको पाँच सदस्यीय सञ्चालक समिति बनेको छ । समितिमा रेग्मी र जैसवाल सञ्चालक रहेका छन् भने बाँकी दुई स्वतन्त्र सञ्चालक रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया