भारतमा विषाक्त मदिरा सेवनबाट ६३ जनाको मृत्यु
बेंगलोर । दक्षिण भारतको एउटा सहरमा गतसाता अवैध मदिराको सेवनका कारण ६३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले बिहीबार जानकारी दिँदै घातक मदिरा पीएका एक सयभन्दा बढीलाई अस्पताल लगिएको जनाएको छ ।
भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ । तमिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा रहेको एउटा सहरमा भएको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।
यो रक्सी मेथानोलले भरिएको स्थानीय मदिरा भएको र पिउनेहरुमध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् ।
यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका एकसयभन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जनाकारी दिए ।
तमिलनाडुका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।
कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमितरूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनेर काम गर्नुअघि पिउने गर्छन् । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी साबित भएको छ ।
तमिलनाडु सुक्खा राज्य नभए पनि कालोबजारमा कारोबार हुने रक्सी कानुनीरूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ । यस्तो रक्सीमा शक्ति बढाउन मेथनोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै
- सडकमाथिबाट पहिरो खसेपछि भ्यान पुरियो
- म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
- अमेरिकामा ब्याजदर अझै नघट्ने सङ्केत
- कर वृद्धिको विरोधको प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते
- जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि
- चर्चामा खस्किँदो एसईई नतिजा
- साना दलको लफंगाराजको अन्त्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया