प्रतिनिधिसभा बैठक: बाढीपहिरो पीडितको उद्धार गर्न माग
काठमाडौँ । सांसदहरुले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबारको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । राससका अनुसार उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह गरे ।
शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए । उनले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराए । उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे ।
सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले २०३९र४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उद्योगमैत्री मौद्रिक नीति ल्याउन आग्रह
- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
- कमजोर राजस्व सङ्कलन र पुँजीगत खर्च
- बीमाशुल्क आर्जनमा करिब छ प्रतिशतले वृद्धि, एक खर्ब ७० अर्ब सङ्कलन
- सुदूरपश्चिम प्रदेशमा बैंकिङ कर्जा घट्यो
- धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश
- भोली सम्म राजीनामा दिन ‘प्रचण्ड’लाई एमालेको आग्रह
- राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया