बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर
मन्थली (रामेछाप) । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताएका छन् । दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सडकमाथिबाट पहिरो खसेपछि भ्यान पुरियो
- म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
- अमेरिकामा ब्याजदर अझै नघट्ने सङ्केत
- कर वृद्धिको विरोधको प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते
- जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि
- चर्चामा खस्किँदो एसईई नतिजा
- साना दलको लफंगाराजको अन्त्य
- तोरी खेती गर्नेलाई मेचीनगरमा २७ लाख अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया