बाँके, असार ७
बाँकेका नदी र खोलाहरूबाट अवैध दोहन गरेर ढुङ्गा, गिटी चोरी पैठारी गर्ने गरेका तस्करीका नाइके मनोज केसी पक्राउ परेका छन् । बाँकेमा राप्ती नदीबाट वर्षौंदेखि ढुङ्गा, गिटी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि टिप्पर, जेसीभी राखेर कानुनको उल्लंघन गर्दै राप्ती नदी दोहन गर्दै आइरहेका मनोजलाई प्रजिअ कुरुम्वाङको निर्देशनमा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रजिअ कुरुम्वाङले कानुनलाई अटेर गरी डनगिरी देखाएर नदी दोहन गरेकाले मनोजलाई पक्राउ गरिएको जानकारी दिए । अब नदीजन्य पदार्थ तस्करी गर्ने चालक र ओसारपसार गर्ने उपकरण मात्र होइन मालिकलाई नै पक्राउ गरेपछि मात्र नियन्त्रण हुने भएकाले तस्कर मनोजलाई पक्राउ गरिएको प्रजिअ कुरुम्वाङले बताए । पक्राउ परेका मनोजविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार नै मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ । राप्ती नदीबाट ढुङ्गा, गिटी तस्करी गरिरहेका बेला केही दिनअघि चालकसहित टिप्पर र जेसीभीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । चालक र साधन छुटाउन मनोजले मालिक हुँ भन्दै प्रहरीलाई बारम्बार दबाब दिइरहेपछि उनलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया