धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि निमित्त नाम सिफारिस गर्नको लागि गठन भएको सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि सुरु गरेको छनोट प्रक्रिया रद्द गरेको हो ।
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच जना उम्मेदवारमध्ये तीनजना अन्तरवार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल रहेको अवस्थामा शुक्रबार समितिले सबै प्रक्रिया रद्द गरेको हो । समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको भए पनि सिमितिले सबै प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- भारतीय सेयरबजारमा फेरि नयाँ रेकर्ड
- कच्चा तेलको भाउ दुई महिनायताकै उच्च
- बैतेश्वरमा ९९ प्रतिशत योजना सम्पन्न
- विशेष आर्थिक क्षेत्रमा आकर्षित हुँदै उद्योग
- एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारीको सञ्चालन हुन नपाउने
- अख्तियारकी आयुक्तबाटै सार्वजनिक जग्गा कब्जा !
- जीवनमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन
- सृष्टि थाम्न सृष्टि कोष खडा गरौँ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया