Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा शर्मा नियुक्त

एनआईसी एसिया लघुवित्तको सञ्चालक तथा अध्यक्षमा शर्मा नियुक्त


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षमा प्रकाश राज शर्मा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा यही असार १३ गते बसेकोे संस्थाको सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थायी घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी प्रकाशराज शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको छ । साथै, सोही सञ्चालक समितिको बैठकबाट प्रकाशराज शर्मालाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भइसकेका शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ । उनले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधि हासिल गरेका छन् । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाइ हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x