Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थाको सेवामा छुट

मेटलाइफका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्थाको सेवामा छुट


काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियानअन्तर्गत सक्रिय ग्राहकहरूलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलिसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नुपर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरूको फाइदा लिन सक्नेछन् ।

लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पासहित एक सयभन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभरूपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस अभियानमार्फत हामीले हाम्रा ग्राहकहरूका लागि स्वास्थ्य सेवालाई सहज बनाउँदैछौँ । यसले हाम्रा ग्राहकहरूमा पार्ने सकारात्मक प्रभावको बारेमा हामी उत्साहित छौं र उनीहरूको स्वास्थ्य सेवामा पहुँच पुर्याउने तरिकाहरूमा नवप्रवर्तन गर्न जारी राख्न तत्पर छौं ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x