‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात
काठमाडौं । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षणतर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित घोषणा गरिएको एक युवा, एक बिरुवा अर्थात् ‘वान युथ, वान प्लान्ट’ अभियानको औपचारिक सुरुवात भएको छ ।
नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको विदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा सात हजार सात सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरूले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरूसँग ऊर्जा र बल भएको भन्दै उपसभामुख मगरले बिरुवाहरू रोपेर वातावरणमा योगदान दिनुका साथै भाबी पुस्ताका लागि उदाहरण पनि बनेको बताइन् ।
अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका सात हजार सात सय युवाले हरियाली वातावरण प्रवद्र्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल सात हजार सात सय बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रमअन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन् ।
कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका संयोजक नवीन गिरीले एक युवा एक बिरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए । कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडाध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे । ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ बिरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरूले जनाएका छन् । कार्यक्रममा नेपाल युवा परिषद्, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया