२२ सिट क्षमताको विद्युतीय लक्जरी बसको बुकिङ खुला
काठमाडौं । शशिला मोटर्स प्रालिले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा तीन सय किलोमिटर गुड्ने यो बसमा चार सय एनएमको टर्क र एक सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।
सीएटीएल एक सय २३ किलोवाटको ब्याट्री जडान हुने यो बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ । यसको लम्बाइ भने २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् । एक सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नुभन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई विनाझञ्जट सेवा दिने पनि बताए ।
दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।
विगत दश वर्षदेखि व्यावसायिक गाडीहरू बिक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रालि पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक विक्रेता रहेकोमा अब नेपालको लागि भेन्चे ब्रान्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक विक्रेता बनेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
- प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
- भारतीय नागरिक बसेको फ्ल्याटमा छापा हान्दा सुन गाल्ने सामाग्री सहित पाँच जना पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे एमालेद्वारा संसद् सचिवालयलाई जानकारी
- नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया