Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयामाहाको शून्य प्रतिशत फाइनान्स स्किम

यामाहाको शून्य प्रतिशत फाइनान्स स्किम


काठमाडौं, असार ७
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दूरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ ।

यो स्किमअन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शून्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ । ‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ ।

आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दूरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने । साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x