काठमाडौं, पाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिदमूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा पाँच रुपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
निगमको सूचनाअनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य एक सय ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य एक सय ५६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
- प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
- भारतीय नागरिक बसेको फ्ल्याटमा छापा हान्दा सुन गाल्ने सामाग्री सहित पाँच जना पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे एमालेद्वारा संसद् सचिवालयलाई जानकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया