Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१० हजार मासिक किस्तामा गाडी चढ्ने फक्सवागनको अफर

१० हजार मासिक किस्तामा गाडी चढ्ने फक्सवागनको अफर


काठमाडौं, असार ७
पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन खरिद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो एक वर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर लिएर आएको छ । कोरोना कोभिड १९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारीसाधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने बाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुँच होस् भन्ने अभिप्रायले यो योजना लागू गरिएको कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरे मात्र पुग्नेछ । तत्पश्चात् ग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने कम्पनीको भनाइ छ । पूजा इन्टरनेशनल नेपाल प्रालिको बजार प्रबन्धक विराज श्रेष्ठका अनुसार कोरोना कोभिड १९ को संक्रमण एक वर्षभित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउनेछ भन्ने आशाका साथ यो योजना लागू गरिएको हो । साथै योजनाअन्तर्गत अफर गरिएको प्रिमियम ह्याचब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयरब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टरसहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ ।

लगातार तीन वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्री गर्न सफल फक्सवागनको विश्वस्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नुअगाडि, टेस्ट डाइभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेशनल नेपाल प्रालि बताएको छ । यस योजनाअन्तर्गत फ्रि एक्ससोरिज, सुलभ फाइनान्सिङ सुविधा, प्रथम वर्षको सडक शुल्क, दुई वर्षसम्मको किमि बन्देज नभएको वारेन्टी, वर्षसम्मको निःशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्नेलगायत अन्य सुविधाहरु पनि रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x