दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
१६ अंकले बढ्दा दुई अर्ब ९९ करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ८३ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव २९ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले उकालो लागेर तीन सय ६१ दशमलव ७७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटक सेयर किनबेच भएको छ । जसबाट ७१ लाख ६५ हजार सात सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
- हाइड्रोपावरको ढलान भत्किँदा ३ जना बेपत्ता
- प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने
- विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री
- कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारी सञ्चालनमा रोक
- मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया