‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
बरहथवा ,जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ ।आज न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई रु पाँच लाख क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। गत सोमबार ‘तपस्वी’ बम्जनले बालिका माथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो । सोही विषयमा आज सजाय सुनाइएको हो ।
बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो । सोही मुद्दामा बम्जनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते साँझ सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् ।
‘लिटिल बुद्ध’ समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया