गृहमन्त्री लामिछाने विरुद्धको रिटको पेसी आज
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटको पेसी आजलाई तोकिएको छ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछानेको रिट यही इजलासले टुंग्याउनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
अधिवक्ता भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो । अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो । तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।
रिटमा सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी गरिएको छ । उनले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् । संघीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेको थियो । त्यतिबेला उनले महान्यायाधिवक्ता कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएका थिए ।
तर, लामिछानेविरुद्ध पोखराका सहारा सहकारीपीडितले उजुरी दर्ता गराएका छन् । त्यसलाई लामिछानेले पूरक उजुरीमा कुनै प्रमाण नभएको जवाफ दिएका छन् । उक्त पत्रलाई पनि अधिवक्ता भट्टराईले अवैध घोषित गरी बदर गरिदिन आदेश माग गरेका छन् । गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाटै लामिछाने निर्दोष रहेको बताएका छन् । त्यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न ठाउँमा पुगेर लामिछाने निर्दोष रहेको बताएका छन् । लामिछाने स्वयंले आफू कुनै पनि सहकारीको ऋणी, बचतकर्ता, सञ्चालक वा व्यवस्थापक नरहेको बताएका छन् । नेपाल प्रहरीका महानिरीक्षकले समेत लामिछानेविरुद्ध कुनै उजुरी नरहेको दाबी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तनहुँमा पहिरामा परी तीन बेपत्ता
- स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु
- प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै सुरक्षा निकाय
- सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह
- नारायणीको बाढी बस्तीमा पस्यो
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया