भारतमा जीएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी
नयाँदिल्ली । कपालमा लगाउने तेल, टुथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही, लस्सी, नाडी घडीहरू, ३२ इन्चसम्म टीभी, फ्रिज, वासिङ मेसिन, मोबाइलफोनजस्ता प्रमुख वस्तुहरूमा जीएसटी दरहरू पर्याप्तरूपमा घटाइएको छ । यसले मुलुकका जनतालाई फाइदा पुर्याएको छ ।
वित्त मन्त्रालयको एक अध्ययनले उपभोक्ताहरूले जीएसटीपछि आफ्नो घरायसी मासिक खर्चको कम्तीमा चार प्रतिशत बचत गरेको जनाएको छ । यसरी अहिले उपभोक्ताले दैनिक उपभोग्य वस्तु जस्तैः अनाज, खाने तेल, चिनी, मिठाइ र खाजामा कम खर्च गर्नेगरेका छन् ।
भारतको इतिहासको प्रमुख कर सुधार वस्तु तथा सेवा कर (जीएसटी) सोमबार सात वर्ष पूरा भएको छ । जीएसटी सन् २०१७ जुलाई १ मा लागू गरिएको थियो । सरकारले अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको करको दर क्रमशः घटाएको छ ।
जीएसटी काउन्सिलमा राज्यहरू र केन्द्र शासित प्रदेशहरूको सहमतिमा निर्णयहरूको दायरा लिइएको छ । यसबाट घरपरिवारहरूलाई एक वा अर्को तरिकामा फाइदा पुर्याएको थियो ।
जीएसटी काउन्सिलले घरायसी बजेटलाई समर्थन गर्दै दैनिक प्रयोगका प्रमुख उपभोग्य वस्तुहरूमा समय–समयमा करहरू घटाएको छ । पहिलै अन्तःशुल्क, सेवा कर, मूल्य अभिवृद्धि कर, खरिद कर, मनोरञ्जन करजस्ता धेरै करहरू हुँदा उपभोक्ताहरूमा बहु तहको बोझ थियो ।
जीएसटीले ठूलो कर र धेरै उपकरहरू पनि समावेश गरेको छ । यसले भारतभर करको संरचनामा एकरूपता ल्याएको छ भने करहरूको व्यापक प्रभाव समाप्त भएको छ । जीएसटीअन्तर्गत व्यवसायहरूले दोहोरो करबाट बच्न, इनपुटमा तिरेको करको लागि क्रेडिट दाबी गर्न सक्छन् ।
पहिलेको व्यवस्थामा दर, कानुन र प्रक्रियाको बहुलता थियो । यसले भारी अनुपालन बोझ निम्त्याएको थियो भने वस्तुको अन्तरराज्यीय ढुवानीमा अवरोध खडा गरेको थियो । सन् २००० मा तत्कालीन सरकारले जीएसटीको अवधारणा बनाएको र जीएसटी मोडेल डिजाइन गर्न समिति गठन गरेको थियो । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
- राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया