अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क एक सय २५ प्रतिशत बढायो
सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा आवेदन शुल्क एक सय २५ प्रतिशत बढाएको छ । अष्ट्रेलियाले जुलाई १ देखि लागू हुनेगरी प्रतिआवेदन भिसा शुल्क सात सय १० बाट बढाएर एक हजार छ सय अष्ट्रेलियन डलर पुर्याएको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अब अस्ट्रेलियाका विश्वविद्यालयहरुमा अध्ययन गर्नका लागि पहिलेको तुलनामा थप आठ सय ९० अष्ट्रेलियन डलर तिर्नुपर्ने भएको छ ।
अष्ट्रेलियाको माइग्रेसन स्ट्राटेजी लागू भएको छ र धेरै अन्य नियमहरु लागू भएका छन् । अष्ट्रेलियाका गृह मामिला मन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत अष्ट्रेलियालाई राम्रो, छरितो र प्रभावकारी काम गर्नसक्ने आप्रवाससम्बन्धी प्रणाली सिर्जना मद्दत गर्ने बताएकी छन् ।
कोभिड–१९को लकडाउन खुला भएपछि अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढेको थियो । अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या छ लाख ५० हजारभन्दा धेरै छ । यो संख्या एक दशकअघिको भन्दा दोब्बर धेरै हो ।
अस्ट्रेलियाले अस्थायी स्किल्ड माइग्रेसन इन्कम थ्रेसहोल्ड पनि बढाएर ७३ हजार एक सय ५० अस्ट्रेलियन डलर पुर्याएको छ । यसअघि ७० हजार अष्ट्रेलियन डलर थियो । अष्ट्रेलियाले अस्थायी स्नातक भिसाको अवधि घटाउने र उमेर योग्यता पनि घटाउने घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एक करोड ८९ लाख बराबरका सामानसहित ट्रक बरामद
- शून्य समय: वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग
- बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
- कर्णालीका पाँच जिल्लामा एक सातादेखि यातायात सेवा अवरुद्ध
- कञ्चनपुरमा एक हजार छ सय २२ जना बाढीका कारण प्रभावित
- बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो
- ट्रस्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पुनः पोखरेल, आगामी आवमा आईपीओ निकाल्ने
- बीवाईडी विद्युतीय सवारीको मूल्य बढ्यो
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया