प्रभु इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन एक सय रुपैयाँ अंकित दरका ८३ लाख ५० हनार एक सय ३५ दशमलव ४४ कित्ता अर्थात् ८३ करोड ५० लाख १३ हजार पाँच सय ४४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।
एनआईसी एसिया क्यापिटलले विगत लामो समय आईडिया टु आईपीओ सेवा सञ्चालन गर्दै आइरहेका छन् । उक्त सेवाअन्तर्गत् प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्नेसम्मको कार्य गरिदिने तथा हकप्रद सेयर निष्काशन गर्न चाहने कम्पनीहरूलाई हकप्रद सेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको क्यापिटलले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
- राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
- कांग्रेस-एमालेबिचको समझदारी पारदर्शी भएको दाबी
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया