होटल अलफ्टमा एमच्यामको मेम्बर लर्निङ सिरिज
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले आफ्नो सदस्य संस्था होटल अलफ्टमा मेम्बर लर्निङ सिरिज सम्पन्न गरेको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थितिमा आइतबार साँझ होटल अलफ्टमा सो कार्यक्रम सम्पन्न भएको एमच्यामले जनाएको छ ।
सो अवसरमा राजदूत थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरूलाई आफूहरूको सदैव साथ र सहयोग रहने उल्लेख गरे । सो अवसरमा अमेरिकी चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाले यस मेम्बर लर्निङ कार्यक्रमले सदस्यहरूका बीचमा अमेरिकी कार्य संस्कृतिको ‘क्रस पोलिनेसन’ गर्ने बताए ।
‘एमच्यामको यसप्रकारको कार्यक्रमले हाम्रा सदस्य कम्पनीमार्फत नेपालमा अमेरिकी कार्य संस्कृति कस्तो छ भन्ने उदाहरण पेस गर्नेमा हाम्रो विश्वास छ’, उनले भने ।
काठमाडौं पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित होटल अलफ्टले स्वदेश तथा विदेशी पर्यटकलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । आधुनिक प्रविधिले सु–सज्जित होटल छाया देवी कम्प्लेक्समा अवस्थित छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
- राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया