रियलमीको नार्जो ७० प्रो र रियलमी १२ एक्स फाइभ जी चाँडै नेपालमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
कम्पनीका अनुसार रियलमी १२ एक्स फाइभ जीमा एक सय २० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले छ, यसले दुई हजार निट्ससम्मको पिक ब्राइटनेस प्रदान गर्छ । त्यस्तै, रियलमी नार्जो ७० प्रो फाइभजीमा पनि दुई हजार निट्सको पीक ब्राइटनेस र एक सय २० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले छ । दुवै स्मार्टफोनहरूमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री छ ।
नार्जो ७० प्रो फाइभजी: नार्जो ७० प्रो फाइभजीको फ्ल्यागसिप सोनी आइएमएक्स आठ सय ९० ओआइएस् क्यामरा र मास्टर सट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउनेछन् । यसमा दुई हजार निट्सको पिक ब्राइटनेस र एक सय २० हजर्को अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले रहेको छ । जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्छ । त्यस्तै, यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फङ्क्सनहरू हाई पर्फर्मेन्स र स्मुथ हुन्छन् । पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मीश्रण हो ।
रियलमी १२ एक्स फाइभजी: रियलमी १२ एक्स फाइभजीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१ सय प्लस फाइभजी चिपसेटले दमदार प्रदर्शन र प्रभावकारिता प्रदान गर्ने कम्पनीले जनाएको छ । नौ सय ५० निट्सको पिक ब्राइटनेस र एक सय २० हर्जको एफ्एच्डी प्लस डिस्प्ले भएको यो रियलमी १२ एक्स फाइभजीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्छ । रियलमी १२ एक्स फाइभ जीको ५० एमपी कलर एआई क्यामराले मिहीनताका साथ उत्कृष्ट फोटो लिन सक्छ । त्यस्तै, पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्छ ।
रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को
- डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
- ‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
- मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
- २१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार
- सात महिनाको शिशुको घरभित्र पसेको बाढीमा डुबेर मृत्यु
- गिरीजाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण
- राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
धेरैले पढेको
- एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया