बीमाशुल्क आर्जनमा करिब छ प्रतिशतले वृद्धि, एक खर्ब ७० अर्ब सङ्कलन
बीमा कम्पनीहरूले कुल बीमाशुल्क आर्जन रकम बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन समेत गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब ७० अर्ब ३२ करोड ७७ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ९६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले कुल एक खर्ब ६० अर्ब ७४ करोड २६ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क रकम एक खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख २१ हजार रुपैयाँ थियो । निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल निर्जीवन बीमाशुल्क रकम भने ३६ अर्ब ५६ करोड ९१ लाख नौ हजार रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव शून्य दुई प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन रकम ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या उल्लेख्यरूपमा बढेको भने जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको सामान्य अंकले मात्र बढेको छ । सोअनुसार जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठमसान्तसम्म कुल एक करोड ४० लाख ८९ हजार छ सय २२ वटा बीमालेखहरू जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव १४ प्रतिशतले मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले एक करोड ४० लाख ६९ हजार नौ सय ३७ वटा बीमालेख जारी गरेका थिए । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ९२ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल २५ लाख ३७ हजार चार सय १६ वटा बीमालेख जारी गरेका थिए ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित ४३ दशमलव ९५ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्यरूपमा मात्र कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत ४४ दशमलव २० प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया